मुख्य समाचार

    जापानको नागोयामा ४ दिनको अन्तरालमा ३ जना नेपाली युवकको मृत्यु

    जगत ठाडा मगर
    २०८० माघ २२ | बिहान ०७:१० बजे

      जापान, माघ २२ । जापानको नागोयामा फेरि अर्का एक नेपाली युवकको असामयिक निधन भएको छ ।

      ५ वर्षअघि विद्यार्थी भिसामा आइ हाल अध्ययन सक्काएर रोजगारी भिसामा रहेका नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर ३ घर भएका २७ वर्षिया अनुज कार्कीको निधन भएको हो । उनी हाल नागोयाको फुजिओका बस्दै आएका थिए ।

      स्रोतका अनुसार अनुज गएको शुक्रबार २ तारिख चिकुसा पार्कमा झुण्डिएको अवस्था मृत फेला परेका थिए । उनको पोस्टमार्टम लगायतका आवश्यक प्रक्रियाहरु पुरा गरी जापानमै दाह संस्कार गर्ने तयारी गरिएको नागोया निवासी एनआरएनए एशिया प्यासेफिक उपसंयोजक दिपक कार्कीले जानकारी दिए ।

      यस्तै तीन महिना अघि मात्रै जापान आएका धनकुटाका २२ वर्षीय युवक रबिन पौडेल र लमजुङका युवराज लामाको हृदयघाटका कारण निधन भएको थियो । जापानको आईची र मिए प्रिफेक्चरमा गरि पछिल्लो ४ दिनमा ३ जना नेपालीहरुको निधन भएको छ ।

        कमेन्टहरु