समाज

    हेर्नुहोस आज २०८० साल माघ २१ गते आइतबारको राशिफल

    जगत ठाडा मगर
    २०८० माघ २१ | बिहान ०६:१० बजे

      काठमाडौ, माघ २१ ।
      मेष
      अनावश्यक ठाउँमा धन खर्च हुनेछ । निर्णय कार्यान्वयन हुन सक्दैनन् । मनमा दुबिधा उत्पन्न हुनेछ । बुद्धिले काम नगर्न सक्छ, सचेत रहनु होला ।

      वृष
      आज लाभदायक यात्रा र वैदेशिक कार्य अघि बढ्नेछ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । उपकार गरेर अरुको मन जित्न सकिनेछ ।

      मिथुन
      विद्या र बुद्धिको विकास हुनेछ । मङ्गल कार्यको योग छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइएला । रोजगारको अवसर पनि मिल्नेछ ।

      कर्कट
      आज शुभकार्यको चर्चा चल्नेछ । आफन्तसँग भेटघाट रहनेछ । सफल यात्रा र उपहार पाइने सम्भावना छ । मनमा शान्ति पनि पनि छाउला ।

      सिंह
      व्यर्थको यात्रामा जान बाध्य भइएला । मन खिन्न हुने स्थिति आउनेछ । नजिक व्यक्तिबाट धोका पाइन सक्छ । पेट सम्बन्धी समस्या आउनसक्छ ।

      कन्या
      रोजगारको अवसर मिल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ ।

      तुला
      बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । बौद्धिकताको विकास हुनेछ ।

      वृश्चिक
      मङ्गल कार्यको योग छ । चिताएको कामले तीव्रता लिनेछ । व्यापार, व्यवसायबाट फाइदा लिन सकिनेछ । महिला मित्रबाट विशेष सहयोग मिल्नेछ ।

      धनु
      आज स्वास्थ्यमा समस्या आउँदा शरीर भारी र मन अस्थिर रहन सक्छ । मनमा चञ्चलता बढ्नेछ, तर साँझमा शुभ समाचार सुन्नमा आउला ।

      मकर
      नयाँ काम वा रोजगार पाइन सक्छ । सामाजिक कार्यमा सफलता मिल्नेछ । जोशजाँगर र हिम्मत पनि बढ्ला । मित्रताको बन्धन कसिने बेला छ ।

      कुम्भ
      मानसिक चिन्ता बढेपनि कार्यक्षेत्रमा प्रगति हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । धन पनि हात लाग्न सक्छ ।

      मीन
      आज अचल सम्पत्ति हात पर्न सक्छ । धार्मिक कार्यमा रुचि बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । शुभकार्यको चर्चा चल्नेछ । 

        कमेन्टहरु