देश

    मलेसियामा अवैधानिक हैसियतमा रहेका नेपाली कामदारहरुलाई स्वदेश फिर्ता हुन पास आउट खुल्दै

    रामजी प्रजापती
    २०८० माघ १९ | मध्यान्ह ०८:१० बजे

      मलेसिया, माघ १९ । मलेसिया सरकारले गैरकानुनी हैसियतमा रहेका आप्रवासी अवैधानिक नेपालीसंगै विदेशी कामदारहरुलाई स्वदेश फिर्ता गर्नका लागि चाँडै नै घर फिर्ता कार्यक्रम सुचारु गर्ने भएको छ ।

      यो भन्दा पहिले गत बर्ष सन् २०२३ डिसेम्बर ३१ तारिख मलेसियामा रहेका अवैधानिक विदेशी कामदारले भिसा लगाउन मिल्ने रिक्यालिब्रेसी तेनागा केरजा २.० को अवधी सकिए लगत्तै मलेसियाली सरकारले घर फिर्ता कार्यक्रम सुरु गर्न लागिएको छ ।

      स्वदेश “घर फिर्ता कार्यक्रम” यहीँ मिति सन् २०२४ मार्च १ तारिखदेखि सुरु गरिने मलेसिया सरकारको गृहमन्त्री ( Senator Datuk Seri Saifuddin Nasution bin Ismail ) दातोक श्री सैफुदिन नासुशन बिन इस्माईलले बताउनुभयो ।

      गृहमन्त्री इस्माईलले बताए अनुसार अवैधानिक रहेका विदेशी श्रमिकहरुले आफैं मलेसियाली अध्यागमन बिभागमा उपस्थित भएर जरिवाना (compound) वापतको लाग्ने रकम आरएम ५०० रिंगेट तिरेर स्वदेश फिर्ता हुन पाउनेछ्न् ।

      घरफिर्ता कार्यक्रम सुरु हुने भएसंगै मलेसियामा अवैधानिक हैसियतमा रहेका नेपाली कामदारहरुलाई स्वदेश फिर्ता हुन एकदमै सहज हुने भएको छ ।

        कमेन्टहरु