राजनीति

    सभामुखले बोलाए प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गर्न

    नवलपुर टुडे
    २०८० माघ १९ | मध्यान्ह ०१:१० बजे
    फाइल तस्विर

      काठमाडौं । सभामुख देवराज घिमिरेले आज दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गर्दैछन् । संसद अधिवेशनको तयारी सम्बन्धमा आज ४ बजे बैठक बस्ने सभामुखको सचिवालयले जनाएको छ ।

      सिंहदरवारस्थित कार्यकक्षमा बस्ने बैठक आगामी अधिवेशनलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित रहने जनाइएको छ । सभामुख घिमिरेले सदनलाई व्यवस्थित र प्रभावकारी बनाउन क्यालेन्डरअनुसार चलाउने तयारी गरेका छन् ।

      सरकारले संसद अधिवेशन आह्वान गरेपछि समितिमा रहेका विधेयकहरुको विषयमा पनि सभामुखले चासो राख्दै आएका छन् । संघीय संसदको हिउँदे अधिवेशन यही सोमबार सुरु हुँदैछ ।

        कमेन्टहरु