अपराध

    दरबारमार्गको क्यासिनो प्यालेसबाट एक करोड रुपैयाँसहित नौ जना पक्राउ

    जगत ठाडा मगर
    २०८० माघ १९ | मध्यान्ह १२:१० बजे

      काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित क्यासिनो प्यालेसबाट प्रहरीले नौ जनालाई पक्राउ गरेको छ । क्यासिनो प्यालेसको अन्डर ग्राउन्डमा अनलाइनमार्फत सट्टेबाटी गराएको आरोपमा उनीहरूलाई गएराति पक्राउ गरेको हो ।

      पक्राउ पर्नेहरूमा ६ नेपाली र तीन भारतीय नागरिक छन् । पक्राउ परेकाहरूको साथबाट प्रहरीले करिब एक करोड रुपैयाँ नगद बरामद गरेको छ । 

      काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी भुपेन्द्र खत्रीले पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको बताए ।

        कमेन्टहरु