मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

    बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु

    उमेश रोकाया
    २०८० माघ १८ | मध्यान्ह ०१:१० बजे

      बाजुरा । बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । बुधवार राति खप्तड छेडेदह गाउँपालिका २ का ८४ बर्षका दान बहादुर बुढाको मृत्यु भएको हो ।

      राति घरमा चट्याङ पर्दा बुढाको मृत्यु भएको छ भने घरका अन्य सदस्य सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घरमा रहेका दुई वटा बाख्रा समेत मरेका जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

      अहिले प्रहरीको टोली घटनास्थलतर्फ गइरहेको र क्षेतिको एकिन विवरण आउँन बाँकी रहेको बताएको छ ।

        कमेन्टहरु