देश

    समयमै निर्माण सम्पन्न नगर्ने २२ कम्पनी कालो सूचीमा (नामसहित)

    नवलपुर टुडे
    २०८० माघ १५ | बिहान ०७:१० बजे
      काठमाडौँ । सरकारले समयमै निर्माण सम्पन्न नगर्ने २२ कम्पनीलाई कालो सूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निकायहरूका सिफारिसमा ठेक्का लिएर पनि निर्माण कार्य समयमै सम्पन्न नगर्ने २२ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो।

      अनुगमन कार्यालयले आज सूचना जारी गर्दै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागू हुनेगरी ती २२ कम्पनीलाई कालो सूचीमा राखिएको जनाएको हो।

      कालो सूचीमा राखिएको अवधिभर ती कम्पनीले कुनैपनि खरिद कारबाहीमा भाग लिन नपाउने पनि कार्यालयले जनाएको छ।

      कालो सूचीमा परेका २२ कम्पनीको सूचीः 

      1706490463 kalosuchi 1706489620

        कमेन्टहरु