दुर्घटना

    चितवनमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा बाबुको मृत्यु, छोरी घाइते

    जगत ठाडा मगर
    २०८० माघ १४ | मध्यान्ह १२:१० बजे

      चितवन, माघ १४ । चितवनमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

      शनिरबार बेलुका शरणपुरबाट नारायणगढ आउँदै गरेको बा.प्र. ०३-००१ च ११९७ नम्बरको बोलेरो गाडीले  बा.प्र ०३-००३ प ८६२४ नम्बरको मोटरसाइकललाई भरतपुर महानगरपालिका-१६ शिवघाटमा ठक्कर दिएको थियो ।

      गाडीको ठक्करबाट मोटरसाइकल चालक स्थानीय ४१ वर्षीय मधुसुदन खत्री र उनकी छोरी १५ वर्षीया अपेक्षा खत्री गम्भीर घाइते भएका थिए । उनीहरू दुवैलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएको शनिबार बेलुका साढे ८ बजे बाबुको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

      उनकी छोरीको भने उपचार भइरहेको छ ।

        कमेन्टहरु