रौतहटको रंगपुर साझेदारी वनकाे अध्यक्षमा यादव चयन

अशोक यादव
२०८० माघ १३ | मध्यान्ह ०६:१० बजे

रौतहट, माघ १३ । रौतहटको रंगपुर साझेदारी वन उपभोक्ता समितिमा सर्वसहमतिले अध्यक्ष चयन भएकाे छ ।
राैतहटकाे चन्द्रनिगाहपुर नगरपालिकादेखि गौर नगरपालिकासम्म (११ ओटा पालिका र ४२ ओटा वडा) पर्ने रंगपुर साझेदारी वन उपभोक्ता समितिको अध्यक्षमा गरूडा नगरपालिका वडा नं ६ अमर पट्टीका पूर्व वडा अध्यक्ष अशाेक यादव निर्विरोध निर्वाचित भएका हुन् ।
अाज गरूडा क्याम्पसकाे प्राङ्गणमा एक कार्यक्रमका बिच यादवलाई अध्यक्षमा चयन गरिएको हो ।





