दुर्घटना

    चपुरमा बसकाे ठक्करले पैदल यात्रीकाे मूत्यु

    अशोक यादव
    २०८० माघ १३ | मध्यान्ह ०३:१० बजे

      रौतहट । रौतहटको चन्द्रपुर–५ पूर्व-पश्चिम राजर्मागस्थित जगत पेट्रोलपम्प नजिक बसको ठक्करबाट शनिबार एक पैदलयात्रीको मृत्यु भएको छ । 

      सर्लाहीबाट नारायणघाट तर्फ आउँदै गरेको बा३ख ३४४५ नम्बरको बसको ठक्करबाट चन्द्रपुर–५ का  ५५ वर्षीय  मोधनाथ पौडेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ । बसको ठक्करबाट टाउकोमा चोट लागेर घाइते भएका पौडेललाई तत्कालै उपचारको लागि चन्द्रपुरस्थित सरकारी अस्पताल लगिएको थियो ।

      उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटना लगत्तै चन्द्रपुर–४ घर भएका बसका चालक ३६ वर्षीय विजय राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरले जनाएको छ । चालक र बस प्रहरीको नियन्त्रणमा रहेकोसमेत प्रहरी जनाएको छ ।

        कमेन्टहरु