समाज

    साईबर अपराध न्यूनिकरण सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न

    अशोक यादव
    २०८० माघ १२ | मध्यान्ह ०५:१० बजे

      रौतहट । रौतहटमा साईबर अपराध न्यूनिकरण सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न भएकाे छ ।

      समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय रौतहटको आयोजना तथा गौर बहु-प्राविधिक विद्यालय रौतहटको सहकार्यमा शुक्रबारका दिन रौतहटकाे गौर नगरपालिका- ९ स्थित रहेको श्री गौर बहु-प्राविधिक विद्यालय रौतहटमा अध्यनरत रहेका विधार्थीहरुलाई प्रहरी निरीक्षक राकेश राईको कमाण्डमा खटि गएको ५ जना प्रहरी जवानले विद्यालयका विद्यार्थीहरूलाई यसबाट कसरी बच्ने र कुन कस्ता कार्य गर्ने र नगर्नसमेतका बारेमा प्रशिक्षण दिएका छन । साईबर अपराध के हाे याे गर्नाले के ड्ण्ड सजाय भोग्नु पर्छ बिषयमा चर्चा गरेका थियो ।

      सो कार्यक्रममा विद्यालयका ४८ जना विद्यार्थीहरु तथा शिक्षक/शिक्षिका समेतको सहभागिता रहेकाे थियो । साथसाथै साईबर अपराध न्यूनिकरण सम्बन्धी भिडियो, डकुमेन्ट्री देखाई प्रशिक्षण कार्यक्रम संचालनसमेत गरेका थिए ।

        कमेन्टहरु