निर्वाचन, मधेश प्रदेश, राजनीति

    मधेस प्रदेशमा गठबन्धनका दुवै उम्मेदवार विजयी

    नवलपुर टुडे
    २०८० माघ ११ | मध्यान्ह ०८:१० बजे

      जनकपुरधाम । मधेस प्रदेशमा राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका दुवै उम्मेदवार निर्वाचित भएका छन्।

      अन्य समूहतर्फ नेपाली कांग्रेसका आनन्द ढुंगाना र जनता समाजवादी पार्टीकी पूजा चौधरी निर्वाचित भएकी छन्।

      ढुंगानाले प्राप्त गरेको मतभार ७ हजार ३७० छ भने उनकी प्रतिद्वन्द्वी नेकपा एमालेकी कुमारी विजेता झाले २ हजार ४८४ मतभार प्राप्त गरेकी छन्। यस्तै, जनमतका रामशंकर महासेठले पाएको मतभार ८१८ छ।

      महिलातर्फ निर्वाचित चौधरीको मतभार ७ हजार ९२३ छ भने उनकी प्रतिद्वन्द्वी नेकपा एमालेकी उषादेवी थरुनीले प्राप्त गरेको मतभार २ हजार ४४६ छ।

      बिहीबार जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा मतदान हुँदा कुल मतदाता ३७४ रहेकोमा ३७३ जनाले मतदान गरेका थिए।

        कमेन्टहरु