दुर्घटना

    पाल्पाको रम्भा गा.पा – १ भुमरस्थित कालिगण्डकी करिडोरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

    टोप कामु मगर
    २०८० माघ ८ | बिहान ०९:१० बजे

      पाल्पा, माघ ८ । पाल्पाको रम्भा गाउँपालिका – १ भुमरस्थित कालिगण्डकी करिडोरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

      आइतबार राती करिब २१ः५५ बजेको समयमा दुर्घटना हुँदा मोटरसाइकल चालक रम्भा गाउँपालिका – १ असर्दी बस्ने २८ वर्षीय हेमन्त जि.टी. को घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।

      पिपलडाँडाबाट हुँगीतर्फ आउँदै गरेको ग १४ प ३७५ नम्बरको मोटरसाईकल सडकबाट करिब २ सय मिटर तल कालिगण्डकी किनारमा खसी दुर्घटना भएको थियो । दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी हुँगीबाट प्रहरी वरिष्ठ नायब निरीक्षक र ईलाका प्रहरी कार्यालय रामपुर पाल्पाबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली खटि गई अनुसन्धानको थालनी गरेको थियो ।

      प्रारम्भिक अनुसन्धान कार्य पश्चात शव पोष्टमार्टमको लागि रामपुर अस्पताल पाल्पामा पठाईएको र घटना सम्बन्धि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु