देश

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फिर्ता

    नवलपुर टुडे
    २०८० माघ ७ | बिहान १०:१० बजे
    युगान्डा भ्रमण सम्पन्न गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फिर्त हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ।

      काठमाडौँ, माघ ७ । युगान्डा भ्रमण सम्पन्न गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्कनु भएको छ । उहाँ भर्खरै ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो । 

      असंलग्न राष्ट्रहरूको आन्दोलन ९नाम० को उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी हुन उहाँ गत माघ ४ गते युगान्डाको कम्पाला जानु भएको थियो । 

      प्रधानमन्त्री दाहालसँगै परराष्ट्र मन्त्री एनपी साउद, परराष्ट्र सचिव सेवा लम्साल लगायतको टोलीका सदस्यहरू हुनुहुन्छ । 

      5 403 442 48

       

        कमेन्टहरु