अपराध

    बाँकेमा ७ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ

    जगत ठाडा मगर
    २०८० माघ ६ | मध्यान्ह ०३:१० बजे

      बाँके, माघ ६ । बाँकेमा ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । बैजनाथ गाउँपालिका-५ जिगाउँ बस्ने ३५ वर्षीय प्रेम बहादुर रावतलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

      रावतले ती बालिकालाई पुस २५ गते दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी बिट न्युसिटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

      घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु