मौसम

    आजको मौसम : यी चार प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

    जगत ठाडा मगर
    २०८० माघ ६ | बिहान ०७:१० बजे

      काठमाडौ, माघ ६ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

      जसको प्रभावले हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । महाशाखाका अनुसार तराईका अधिकांश स्थानहरुमा हुस्सु/कुहिरो लागेको छ ।

      आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

      रातिपनि पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

        कमेन्टहरु