पोखरामा स्कुल बसको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

नवलपुर टुडे
२०८० माघ ५ | मध्यान्ह ०५:१० बजे

पोखरा, माघ ५ । पोखरामा स्कूल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं.२४ कास्कीकोट काउलेका तेजबहादुर कार्कीको छोरा ३ वर्षीय समिर कार्की रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकका अनुसार बाल प्रताभ बोर्डिङ स्कुलको ग१क ४०८२ नम्बरको बसले सोही विद्यालयको नर्सरीमा अध्ययनरत कार्कीलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका कार्कीको मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । बस र बस चालकलाई प्रहरीले नियन्त्रणा लिएर अनुसन्धान गरिरहेको छ ।





