राैतहटमा माेटरसाईकलकाे ठक्करबाट ३ जना बालक घाइते

अशोक यादव
२०८० माघ ५ | मध्यान्ह ०२:१० बजे

रौतहट, माघ ५ । रौतहटमा माेटरसाईकलकाे ठक्करबाट ३ जना बालक घाइते भएका छन् ।
हुलाकी सडकको छेउपेट्टी बसिरहेका यमुनामाई गाउँपालिका वडा नं ५ झुन्खुनवा टोलका लखिन्द्र माझीको ११ बर्षको छोरा रूपेश माझी, बिजुली माझीको १२ बर्षीय छोरा गोलु माझी र रामइश्वर माझीको ९ बर्षीय छोरा पेटफुला माझीलाई बमनहर चौकदेखि पश्चिम दिशाबाट आउँदै गरेको मधेस प्र ०३०२६ प ७७९७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो ।
ठक्करबाट ती ३ जना बालक गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि प्रादेशिक अस्पताल गौरमा लगिएको छ ।
मोटरसाइकल चालक बौधिमाई नगरपालिका वडा नं ९ सरमुजवा निवासी २१ बर्षीय सुमित जयसवाल र पछाडि सवार सोही नगरपालिका वडा नं ६ पिपरीया निवासी २४ बर्षीय राजन कुमार यादवलाई मोटरसाइकलसहित अस्थाई प्रहरी चौकी पोष्ट सरूअठा राखिएको छ ।





