सशस्त्र प्रहरीद्वारा रौतहटमा अबैध मदिरा नष्ट

अशोक यादव
२०८० माघ ५ | मध्यान्ह ०१:१० बजे

रौतहट, माघ ५ । रौतहटमा सशस्त्र प्रहरी बल देवाहीद्वारा अवैध घरेलू मदिरा बरामद गरी नष्ट गरिएको छ ।
रौतहटकाे मध्य भागमा पर्ने जयनगर अगाडि र सुकदेब चोक बीच बाटाेमा सशस्त्र प्रहरी बल देवाहीगाेनाहीकाे गस्ती टाेलीले चेकजाँच गर्न क्रममा अबैध घरेलुु मदिरा बरामद गरी नष्ट गरिएको हो ।
बिहीबार बिहान ७ बजेको समयमा विभिन्न व्यक्तिहरुको घरमा पारेको अवैध मदिरा ९ हजार मूल्य बराबरको ४५ लिटर मदिरा नष्ट गरिएको हो ।
गौर–चन्द्रपुर सड़क खण्डको मध्य भागमा पर्ने गरुडा नगरपालिका- १ जयनगरस्थित सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश क्याम्प देवाहीबाट सशस्त्र प्रहरी निरीक्षक सुकबहादुर तामाङको कमाण्डमा खटिएको गस्ती टोलीलाई देखेर अवैध रुपमा ल्याउदै गरेको मदिरा छाडी भागेका थिए ।





