मौसम

    आगो ताप्दा यी ५ कुरामा ध्यान दिन अनुरोध

    नवलपुर टुडे
    २०८० माघ ४ | बिहान ११:१० बजे

      नवलपरासी । एक्कासी बढेको चिसोका कारण मुलुकभरको जनजीवन प्रभावित भएको छ । यो बेलामा चिसोबाट जोगिनका लागि न्यानो लुगा लगाउनु स्वास्थ्यका लागि राम्रो हुन्छ ।

      कतिपयले भने जाडो छल्न आगो ताप्ने, हिटर बाल्ने गरेको पाइन्छ । स्वास्थ्यका दृष्टिले यसो गर्नु ‍घातक हुने चिकित्सकहरुको भनाइ छ । जाडो मौसममा न्यानोका लागि सहरी क्षेत्रमा धेरैले ब्रिकेट ताप्छन् ।

      जाडोमा तातोका लागि तापिने हिटर, ब्रिकेट र आगोले हरेक वर्ष धनजनको ठूलो क्षति भएको खबर आइरहेका हुन्छन् । त्यसैले आगो ताप्दा धेरै कुरामा ध्यान ठुलो आवश्यक छ ।

      आगो ताप्दा ध्यान दिन पर्ने कुरा:

      १) चिसोका कारण झ्याल ढोका बन्द गरेर आगो ताप्दा कोठामा कार्बनडाइअक्साइड तथा कार्बनमोनो अक्साइडको मात्रा बढ्छ ।

      २) उक्त ग्याँस लामो समयसम्म शरीरमा प्रवेश गरे विभिन्न स्वास्थ्य समस्या सिर्जना हुनुका साथै मानिसको मृत्युसमेत हुनसक्छ ।

      ३) आगो वा हिटरलाई राम्रोसँग हावा आवत–जावत हुने ठाउँमा प्रयोग गर्नु पर्छ ।

      ४) आगो ताप्दा कपडा सम्हालेर बस्नुपर्छ । उठ्दा–बस्दा पर्याप्त ध्यान पुर्‍याउनु पर्छ अन्यथा आगलागी हुने सम्भावना हुन्छ ।

      ५) आगो, ब्रिकेट, हिटर आदि बालबालिकाहरूको पहुँचबाट टाढै राख्नुपर्छ भने प्रयोग गरेपछि बन्द गर्न बिर्सनु हुँदैन ।

        कमेन्टहरु