देश

    १५ दिनभित्र समायोजन प्रक्रिया टुंगाउन प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

    नवलपुर टुडे
    २०८० माघ ३ | बिहान ११:१० बजे
    तस्बिर स्रोत: प्रधानमन्त्री पुष्पकमल दाहाल'प्रचण्ड'को सचिवालय।

      काठमाडौं । नेपाल प्रहरीभित्रको समायोजन प्रक्रिया यथाशीघ्र टुंगाउन प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’ले निर्देशन दिएका छन्।

      बुधबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री दाहालले समायोजनको प्रक्रिया नटुंगिँदा प्रदेशहरूलाई काम गर्न अप्ठ्यारो परेको भन्दै १५ दिनभित्र टुंगाउन निर्देशन दिएका हुन्।

      प्रधानमन्त्रीले प्रहरी नेपाल (प्रदेश प्रहरी कार्यसञ्चालन र समन्वय) ऐन २०७६ जारी भएको लामो समय बित्दासमेत समायोजन अघि नबढेको भन्दै १५ दिनभित्र समायोजनको प्रक्रिया टुंगाउन निर्देशन दिएका हुन्। छलफलमा प्रधानमन्त्री दाहालले प्रहरी समायोजनको काममा गम्भीरताका साथ लाग्न आग्रहसमेत गरे।

      प्रधानमन्त्रीले प्रहरी समायोजनको प्रक्रिया टुंगाउन बोलाएको बैठकमा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मुख्यसचिव डा. बैकुण्ठ अर्याल, गृह मन्त्रालयका सचिव, नेपाल प्रहरीका महानिरीक्षक तथा गृह मन्त्रालयका अन्य अधिकारीहरूको उपस्थिति थियो।

        कमेन्टहरु