नारायणगढ-मुग्लिन सडकखण्डको ३ नम्वर पुलबाट त्रिशुलमा गाडी खस्यो

जगत ठाडा मगर
२०८० माघ २ | बिहान ०७:१० बजे

चितवन, माघ २ । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका- ५ को तीन नम्बर पुलबात त्रिशूली नदीमा गाडी खसेको छ । गाडी खसेको सूचना पाएलगत्तै गोताखोरको प्रहरी टोली परिचालन गरिएको छ ।
अहिले गोताखोरको टोली डुंगा लिएर त्रिशूली नदीमा प्रवेश गरेर खोजिरहेको छ । आज बिहान करिब ४ बजेको समयमा पुलबाट त्रिशूली नदीमा बिआर ०९ जिसि १४३० नम्बरको भारततिय गाडी खसेको मुग्लिन प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेको गाडी नदिमा पुरै डुबेको छ ।





