रौतहटमा विभिन्न कार्यक्रम गरी याेग दिवस मनाइयो


अशोक यादव
रौतहट, माघ १ । राैतहटकाे गढिमाई नगरपालिका वडा नं ८ मलाहिटाेल बजारमा अाज उर्जा ध्यान योग दिवसको उपलक्ष्यमा विभिन्न कार्यक्रम गरी याेग दिवस मनाइएको छ ।

याेग गुरु तथा प्रशिक्षक जीवन बिज्ञानकाे अनुसार करिब १ महिनादेखि बजारमा रहेको दुर्गा मन्दिरकाे प्राङ्गणमा बिहान ५ःबजेदेखि ६ बजेसम्म प्रत्येक दिन शरीर स्वस्थ र निराेग नाराका साथ व्याम गराउदै अाइएको छ । मानिसले अाफ्नो जीवनलाई तागत र उर्जा प्राप्तिको लागि सधैं बिहान व्यायाम जरूरी रहेको प्रशिक्षक जीवन बिज्ञान बताए । यति मात्र नभएर मानिसले जे जस्तो अाैषधि खाएपछि व्यायाम गरिदैन भने शरीरकाे रगतकाे दाैराण हुन सक्दैन ।

साे दिनकाे अबसरमा सम्पूर्ण बजार भरि कुचो लिएर सरसफाइ समेत गरिएको छ । प्रत्येक दिन व्यायामकाे लागि वरपरका महिला शिक्षक, डाक्टर, समाजसेवी लगायतका करिव एक सय जना सहभागीहरूले दिनहुँ व्यायाम गर्दै अाईरहेका याेग गुरूका रूपमा रहेका प्रशिक्षक बिजेन्द्र यादबले जानकारी दिए ।





