देश

    चितवनमा नक्कली पत्रकार, नक्कली प्रेस कार्ड सहित पक्राउ

    नवलपुर टुडे
    २०७८ जेष्ठ २२ | मध्यान्ह ०५:०२ बजे

      चितवन । चितवनमा नक्कली प्रेस कार्ड बोकेर पत्रकार भन्दै हिड्ने एक जना पक्राउ परेका छन ।

      बारा जिल्ला कोल्वी २ खैरा घर भई हाल नारायणगढको प्रेस मार्गमा फोटो स्टुडियो संचालन गरिरहेका रामशरण भेटवाललाई प्रहरीले पक्राउ गरेको हो ।

      उनले पल खबर डटकमको नाममा प्रेस कार्ड बनाएर हिडेका थिए । शंका लागेर प्रहरीले सोधपुछ गर्दा उनि पत्रकार नरहेको खुल्न आएको छ ।

      चितवन प्रहरीले पछिल्लो समय नक्कली पत्रकार बनेर हिड्नेहरुलाई धमाधम पक्राउ गरिरहेको छ । भेटवाललाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु