राैतहटकाे गरूडा नगरपालिकामा महिला आइटी आर्मी गठन

जगत ठाडा मगर
२०८० पुस २८ | मध्यान्ह ०८:०९ बजे

अशोक यादव
रौतहट । रौतहटको गरुडा नगरपालिकामा महिला आईटी आर्मी गठन भएको छ । राैतहटकाे गरूडा नगरपालिका वडा नम्बर ६ अमरपटीमा आईटी आर्मीको केन्द्रीय सचिव रबिन्द्र यादबकाे अध्यक्षयतमा ३५ सदस्यीय महिला आइटी आर्मी गठन गरिएको हो ।
साे कमिटीको अध्यक्षमा सिमा देवी साह, काेषाअध्यक्ष सरस्वती देवी, सचिव गायत्री देवी, सदस्य मान्ति देवी, साेसिला देवी लगायतका सदस्यहरु रहेकका छन । गठित आइटी आर्मीका अध्यक्षले देशमा भईरहेका भ्रष्टाचारको विरुद्धमा सबैजना मिलेर याे सगठनकाे संयाेगले जडैदेखि मेटाउने समेत बताएका छन ।
साथै संचारकाे माध्यमले समेत लड़ने प्रतिबद्धता गरेका छन । गरूडा नगरपालिकाका नगर अध्यक्ष अमिन्द्र यादबले जानकारी दिए ।





