दुर्घटना

    दाङको राप्ती नदिमा बस खस्दा १२ जनाको मृत्यु, २३ जना घाइते

    नवलपुर टुडे
    २०८० पुस २८ | बिहान ०६:०९ बजे

      दाङ, पुस २८ । नेपालगञ्जको बाँकेदेखि काठमाण्डौ जाँदै गरेको रात्रि बस गएराति दाङको भालुवाङस्थित राप्ती नदिमा खस्दा १२ जनाको मृत्यु भएको छ ।

      भे १ ख ३९१२ नम्बरको बस गएराति साढे १० बजे पुलको रेलिङ भाँचेर दायाँतर्फ राप्ती नदीमा खसेकोे इलाका प्रहरी कार्यालय भालुवाङ देउखुरीले जनाएको छ । बसमा सवार अन्य २३ जना यात्रु घाइते भएका छन् ।

      दुर्घटनामा एक महिला र ११ पुरुष गरी १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहले बताए । शवलाई पोस्टमार्टमका लागि लमही अस्पतालमा पठाइएको छ ।

      २३ जना घाइतेलाई उपचारका लागि बुटवल र नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु