मुख्य समाचार

    नवलपुरको मध्यविन्दुबाट लागूऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ

    नवलपुर टुडे
    २०८० पुस २७ | मध्यान्ह १२:०९ बजे

      नवलपुर, पुस २७ । पूर्वी नवलपरासी प्रहरीले लागूऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका – २ बस्ने २८ वर्षीय रवि सोमै मगर रहेका छन् ।

      शुक्रबार बिहान करिब १० बजेतिर पूर्व पश्चिम राजमार्ग अन्तर्गत मध्यबिन्दु नगरपालिका – १४ कोलटाँडीमा लु २ ख ६५७० नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा बसमा सवार सोमैको साथबाट प्रहरीले ३७० मिलिग्राम लागूऔषध ब्राउन सुगर फेला पारेको थियो ।

      लागूऔषधसहित नियन्त्रणमा लिएका रविमाथि थप अनुसन्धान भइरहेको पूर्वी नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक बेद बहादुर पौडेलले जानकारी दिए ।

      photo 2024 01 12 12 32 00

        कमेन्टहरु