मौसम

    आजको मौसम : तराईको अधिकांश भूभागमा हुस्सु, पहाडी भूभागमा आंशिक बदली

    जगत ठाडा मगर
    २०८० पुस २७ | बिहान ०६:०९ बजे

      काठमाडौँ, पुस २७ । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

      बिहान कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु लागेको छ ।

      आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

      आज राति कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

        कमेन्टहरु