समाज

    आजको राशिफल

    जगत ठाडा मगर
    २०८० पुस २७ | बिहान ०६:०९ बजे

      बुटवल, पुस २७ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : स्वादिष्ट भोजनको अवसर प्राप्त हुने योग छ । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । प्रेम जीवन पनि सफल रहनेछ ।

      वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) : आज समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । अरुलाई प्रभावित पारेर काम बन्नेछ । लाभदायी छलफल हुनेछ ।

      मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) : आज आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । दुष्ट व्यक्तिको सङ्गतले आत्मघाती काम गर्न पुगिएला, सचेत रहनुहोला ।

      कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : रोकिएका अधुरा कामहरू पुरा हुन सक्छ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । शैक्षिक क्षेत्रमा पनि सामान्य सफलता पाइनेछ ।

      सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । खेलकुद र साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । शैक्षिक क्षेत्र पनि राम्रै हुनेछ ।

      कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) : आफन्त र मित्रवर्गको सहयोग पाइनेछ । प्राविधिक र स्वास्थ्य विषयमा बढी सफलता मिल्नेछ, तर अनावश्यक हिँडडुल नगरेकै जाती ।

      तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) : स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु होला । काम बिगार्नेको सक्रिय रहन सक्छन् र नियमित खर्चसमेत बढ्नेछ ।

      वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइनेछ ।

      धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) : बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । विदेशमा रहेका आफन्त सँग कुराकानी हुनेछ ।

      मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) : आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । अरूको मुख नताकी सही निर्णय लिन सके थप अवसर प्राप्त होला ।

      कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) : आज सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । शिक्षामा पनि अवरोध आउनसक्छ ।

      मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) : आफन्तबाट सहयोग प्राप्त हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । नयाँ कार्यको योजना बन्नेछ र शुभ कार्यको चर्चा पनि हुनेछ ।

        कमेन्टहरु