मुख्य समाचार

    चितवनमा गोहीको आक्रमणबाट एक जना घाइते

    जगत ठाडा मगर
    २०८० पुस २६ | बिहान १०:०९ बजे

      चितवन, पुस २६ । चितवनको खैरहनी नगरपालिकामा गोहीको आक्रमणबाट एक जना घाइते भएका छन् ।

      हिजो राति करिब ८ बजेको समयमा खैरहनी नगरपालिका–११ पटिहानीका ३६ वर्षीय बसन्त दराई घर नजिकैको खोला तर्ने क्रममा अचानक गोहीले आक्रमण गरेर घाइते भएका हुन् ।

      गोहीले उनको दुवै खुट्टामा टोकेको र उनको अवस्था मध्यम रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

      उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

        कमेन्टहरु