समाचार

    चिउरीको रुखबाट लडेर बालिकाको मृत्यु

    जगत ठाडा मगर
    २०८० पुस २६ | बिहान १०:०९ बजे

      चितवन, पुस २६ । चितवनको राप्ती नगरपालिका–११ सुर्खण्डीमा चिउरीको रुखबाट लडेर एक बालिकाको मृत्यु भएको छ । बुधबार दिउँसाे साढे ११ बजे चिउरीको घाँस काट्न रुखमा चढेकी १७ वर्षीया अञ्जली प्रजाको लडेर मृत्यु भएको हो ।

      रुखबाट लडेर मृत्यु भएकी अञ्जली मृगी रोगको विरामी समेत भएको खुलेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

      उनको शव पोस्टमार्टमका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

        कमेन्टहरु