नवलपुर कावासोती सवारी दुर्घटनामा एकको मृत्यु एक घाईते


कावासोती, पुस २५ । नवलपुरको कावासोतीमा कार र मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक जना घाईते भएको प्रहरीले बताएका छन ।
बुधबार साझ ६ बजे कावासोती नगरपालिका- ८ खर्कट्टा जंगलस्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तिर आउदै गरेको बागमति प्र.०१-०२९ च ०२४८ नम्बरको कार र बिपरित दिशाबाट आउदै गरेको बागमति प्र.०३-०४ प १९५८ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खादा दुर्घटना भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकल चालक हुप्सेकोट गाउँपालिमा- २ कोलिया बस्ने बर्ष ४१ को धन बहादुर सार्कीको मृत्यु भएको छ । उनको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा ६:३५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक बेद बहादुर पौडेलले जानकारी दिए ।
त्यस्तै, मोटरसाइकलको पछाडी सवार हुप्सेकोट गाउँपालिका- १ बस्ने बर्ष २८ की बिनु गुरुङ घाईते भएकी छिन । उनको शरीरको विभिन्न भागमा चोट लागेको छ । हाल उनको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचार भईरहेको छ ।
कार चालक फरार रहेको छ भने उनको खोजतलास लगायत अनुसन्धान कार्य भईरहेको पौडेलले बताए ।





