मुख्य समाचार

    कपिलवस्तुको बिजयनगरमा आगलागी लाखौ बढी क्षती

    धर्मेन्द्र कुमार कुर्मी
    २०८० पुस २५ | मध्यान्ह ०५:०९ बजे

      कपिलवस्तु । कपिलवस्तु जिल्लाको बिजयनगर गाउपालिका- ६ प्रेमनगरमा बुधबार राती २:३० बजे आगलागी भएर घर नष्ट भएको छ ।

      राती चिसो बढेको भन्दै बिरामी नगर बहादुर जोगीले आगो बालेर ताप्नेक्रममा आगलागी भएको हो । आगलागीबाट १ लाख ५० हजार बराबरको धनमालको क्षति भएको जोगीकाको बुहारी चन्द्रकला कुँवरले बताए ।

      आगलागीमा जग्गाधनी पुर्जा, नेपाली नागरिकताको प्रमाणपत्र लगायत महत्त्वपूर्ण कागजात जलेर नष्ट भएको छ भने मानवीय क्षती नभएको कपिलवस्तु प्रहरीले जनाएको छ ।

        कमेन्टहरु