नवलपुरको हर्कपुरमा भएको दुर्घटनामा एकजनाको मृत्यु


कावासोती, पुस २५ । पुर्वी नवलपरासीको गैडाकोट नगरपालिका- १२ हर्कपुरस्थित पुर्व पश्चिम राजमार्गमा ट्रक र मोटरसाइकल एक आपसमा ठक्कर खादा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिका- ४ बस्ने बर्ष २२ को बल बहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका सुचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक बेद बहादुर पौडेलले जानकारी दिए ।
दुर्घटना आज १२:३० बजे पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ आउदै गरेको ना ६५ प ६७८९ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट जाँदै गरेको ना ६ ख ६०१३ नम्बरको ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक शाहीको छाति र खुट्टामा चोट लागेको थियो । गम्भीर अवस्थामा रहेका उनको थप उपचारको लागी नयाँ मेडिकल कलेज भरतपुर चितवन पठाईएकोमा उपचारको क्रममा १:१० बजे मृत्यु भएको हो।
हाल दुबै सवारी साधन र ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको पौडेलले बताए ।





