अपराध

    गाईको मासुसहित बाबु छोरा पक्राउ

    जगत ठाडा मगर
    २०८० पुस २५ | मध्यान्ह १२:०९ बजे

      चितवन, पुस २५ । प्रहरीले चितवनबाट गाईको मासुसहित दुईजना पक्राउ गरेको छ ।

      भरतपुर महानगरपालिका – १ गोब्रेनीबाट रामगोपाल तामाङ र उनका छोरा मसिने तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

      घरमै गाईको बाच्छी काटेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई मासुसहित पक्राउ गरेको चितवन प्रहरीले जनाएको छ ।

      उनीहरुको साथबाट करिब २० किलो मासु बरामद भएको प्रहरीको भनाइ छ ।

        कमेन्टहरु