खेलकुद, गण्डकी प्रदेश

    १९ वर्षपछि लालीगुराँसलाई त्रिवेणी कप

    नवलपुर टुडे
    २०८० पुस २२ | बिहान ०७:०९ बजे

      लमजुङ । लालीगुराँस युवा क्लब भुजुङले त्रिवेणी कपको ३१ औं संस्करणको उपाधि जितेको छ।

      1704559248 7777

      लमजुङको बेसीसहरस्थित सहजी खेलमैदानमा शनिबार सम्पन्न फाइनलमा लालिगुराँसले बेसीसहर युथ सोसाइटीलाई १–० गोलअन्तरले हराउँदै उपाधि जितेको हो।

      1704559246 888

      यससँगै लालीगुराँसले १९ वर्षपछि त्रिवेणी कपको उपाधि उचाल्यो। यसअघि लालीगुराँसले २०६१ मा आयोजना गरिएको त्रिवेणी कप जितेको थियो। लालीगुराँसले कपसँगै नगद आठ लाख रुपैयाँ प्राप्त गर्‍यो।

      बेसीसहर युथ सोसाइटीका विदेशी खेलाडी आन्द्रेस नियाले खेलको ५९औं मिनेटमा गरेको आत्मघाती गोलले लालीगुराँसको भाग्य चम्किएको हो। लालीगुराँसका खेलाडीले हानेको बल फर्काउने क्रममा नियाको हेडरले आफ्नै गोल पोस्टको जाली चुमेपछि बेसीसहर युथ सोसाइटी उपविजेतामा सीमित बन्न बाध्य भयो। उपविजेताले चार लाख रुपैयाँमा चित्त बुझायो।

        कमेन्टहरु