देश

    २६ गते बुधबार देखि प्रत्येक हप्ताको चौथो दिन वैदेशिक रोजगारका लागि श्रम स्वीकृत

    जगत ठाडा मगर
    २०७८ जेष्ठ २१ | मध्यान्ह ०७:०२ बजे

      जितेश मण्डल
      काठमाण्डौ । वैदेशिक रोजगार कार्यालयले भौतिक रुपमा उपस्थित भई प्रत्येक हप्ताको चौथो दिन बुधबारको दिन श्रम स्विकृति दिने भएको छ । वैदेशिक रोजगार कार्यालय ताहाचलले आज एक विज्ञप्ती जारी गर्दै यो सेवा जेठ २६ गते (बुधबार) देखि सुरु हुने जानकारी दिएको हो ।

      वैदेशिक रोजगार कार्यालयले कोभिड–१९ संक्रमणको ब्यापकता नियन्त्रण तथा रोकथामलाई मध्यनजर गर्दै २०७७ बैशाख २४ गते देखि भौतिक रुपमा उपस्थित भई लिनुपर्ने सेवा बन्द गरेको थियो ।

        कमेन्टहरु