अपराध

    बुधबार अदालतबाट हतकडीसहित भागेका थुनुवा गेस्टहाउसबाट पुनः पक्राउ

    नवलपुर टुडे
    २०८० पुस १९ | बिहान ११:०९ बजे

      काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट हतकडीसहित भागेका थुनुवालाई प्रहरीले पक्राउ गरेको छ ।

      महाराजगन्ज प्रहरी वृत्तले पक्राउ गरेका सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ का ३२ वर्षीय कमल खड्कालाई म्याद थपका निम्ति बुधबार अदालतमा ल्याइएका बेला हतकडीसहित भागेका थिए । उनलाई बिहीबार बिहान काठमाडौंकै जडीबुटीस्थित न्यु दोलखाली गेस्टहाउसबाट पुनः पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

      उनी विभिन्न ठाउँमा डलर देखाएर लुटपाट गर्ने गिरोहका आरोपित भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए ।

        कमेन्टहरु