राजनीति

    राष्ट्रियसभाका लागि एमाले गण्डकीद्वारा सम्भावित उम्मेदवारको नाम सिफारिस

    रासस
    २०८० पुस १९ | बिहान ०७:०९ बजे

      गण्डकी ।प्रदेश कमिटीको बैठकले तीनवटा निर्वाचन एकाइका लागि सम्भावित उम्मेदवारको नाम छनोट गरी बुधबार केन्द्रीय कमिटिमा पठाएको प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माले जानकारी दिए।

      खुलातर्फ स्याङ्जाका चक्रबहादुर पराजुली, बागलुङका मोहनलाल शर्मा र म्याग्दीका ममतादेवी शर्मा उपाध्यायको नाम सिफारिस गरिएको उनले बताए।

       अपाङ्गता र अलपसङ्ख्यकतर्फ कास्कीका मेघराज आचार्य, मुस्ताङका हेमन्त शेरचन र गोरखाका मीना बरामको नाम सिफारिस गरिएको छ।

      महिलातर्फ गोरखाका सम्झना देवकोटा, कास्कीका सगुन गुरुङ र स्याङ्जाका ईश्वरी सिग्देलको नाम केन्द्रमा पठाइएको एमाले प्रदेश कमिटिले जनाएको छ। राष्ट्रियसभाअन्तर्गत गण्डकीबाट प्रतिनिधित्व गर्ने तीन सदस्यको कार्यकाल आउँदो फागुन २० गते सकिँदैछ।

        कमेन्टहरु