देश

    प्रेस काउन्सिल नेपालको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त

    नवलपुर टुडे
    २०७८ जेष्ठ २१ | बिहान ०९:०२ बजे

      काठमाण्डौं । लामो समय खाली रहेको प्रेस काउन्सिल नेपालको अध्यक्ष पद पुर्ती भएको छ । प्रेस काउन्सिल नेपालको नयाँ अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त हुनु भएको छ ।

      पत्रकारिताको क्षेत्रमा लामो समय कान्तिपुर दैनिकमा काम गर्नु भएका बस्नेतलाई बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्षमा नियुक्त गरेको हो ।

      पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य समेत रहनु भएका बस्नेत महासंघको हालै सम्पन्न निर्वाचनमा महासचिब पदमा उम्मेद्वारी दिएर पराजित हुनु भएको थियो ।

      दोलखा स्थाई घर भएका बस्नेतलाई ४ वर्षका लागि काउन्सिलको अध्यक्ष नियुक्त गरेको हो । पत्रकार महासंघका पराजित महासचिब भएपनि काउन्सिलमा पुगेपछी निर्वाचनमा घोषणा गरेको घोषणा पत्र अनुसार काम गर्नको लागि आम पत्रकारहरुले शुभकामना दिएका छन् । आम पत्रकारहरुको मह्लम पट्टी बन्न सबैको शुभकामना छ ।

        कमेन्टहरु