प्रतापपुरको बर्गदवामा श्रीश्री १०८ शतचण्डी महायज्ञ शुरु


नवलपरासी, पुस १८ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका अन्तर्गत वडा न. १ भिठ्ठा बर्गदवामा आज देखि श्रीश्री १०८ शतचण्डी महायज्ञ शुरु भएको छ । श्री बाउण्नगढी काली मन्दीर संरक्षण प्रबद्र्धन गर्ने उदेश्यले श्री शतचण्डी महायज्ञ आयोजक मुल समितीद्धारा आयोजीत महायज्ञमा उल्लनीय भक्तजनहरुको सहभागीता रहेको छ ।
महायज्ञको कार्यक्रमको शुभआरम्भ समारोहमा प्रमुख अतिथीको रुपमा बोल्दै नेपाली कांग्रेसका नेता एवंम् यस क्षेत्रका संघीय सांसद विनोद चौधरीले यस मन्दिर क्षेत्रलाई देशकै उत्कृष्ट धार्मिक शक्तीपिठको रुपमा विकास गर्नुपर्ने बताउनुभयो । सो अवसरमा बोल्दै नेता चौधरीले यस क्षेत्रको धार्मिक पर्यटकीय विकासका लागी बृहद गुरुयोजना तयार गरी त्यसको कार्यान्वयनमा आफु लाग्ने बिचार राख्नुभयो ।
यस क्षेत्रको समग्र धार्मिक बिकासलाई नवलपुरको शाश्वधाम संग जोड्न सके यस क्षेत्रको पर्यटकीय विकास सम्भव रहेको बताउनुभयो । सोही अवसरमा लुम्विनी प्रदेश सभा सदस्य देवकरण प्रसाद कलवार (सन्तु) ले संघीय साँसद विनोद चौधरीको पहलमा एक बर्षको अवधिमा धेरै विकास निमार्ण कामले प्राथमिकता पाएको जिकिर गदैैै आगामी दिनमा थप विकास हुदै जानेमा यस क्षेत्रका जनता आशावादी रहेको बताउनुभयो ।
सो अवसरमा प्रतापपुर गाउँपालिकाका उपाध्यक्ष मान कुमारी चौधरी, वडा न. ३ का वडा अध्यक्ष रिषी देव दास पटेल, आयोजकको तर्फबाट ईन्दल प्रसाद यादव लगायतले बोल्नुभएको थियो ।
सो महायज्ञ शुभआरम्भ नारायण चौधरीको अध्यक्षतामा कुमार आलेले कार्यक्रम संचालक गर्नुभएको थियो ।





