शिक्षा

    लेखक हेम प्रसाद साहलाई पिएचडीको उपाधी

    दिपेश कुमार शाह
    २०८० पुस १७ | मध्यान्ह ०८:०९ बजे

      रौतहट, पुस १७ । रौतहटको कटहरिया नगरपालिका – ८ पिप्रा पोखरीया निवासी लेखक हेम प्रसाद साहलाई पीएचडीको उपाधी प्रदान गरिएको छ ।

      साहलाई जर्मनीको हेसेन इन्टरनेशनलले इंग्लिश लिट्रेचरमा पीएचडीको प्रमाणपत्र प्रदान गरेको हो । पुस्तक लेखन तथा प्रकाशन क्षेत्रमा पाँच दर्जन भन्दा बढी पुस्तक लेखी नेपाली शिक्षा जगतमा उल्लेखनीय योगदान र उदाहरणीय भूमिकाको कदर गर्दै हुसैन इन्टरनेशनल युनिभर्सिटीको सिनेट्ले साहलाई पीएचडीको लागी सिफारिस गरेको थियो ।

      सन २०२४ जनवरी १ को दिन भारतको राजस्थान, जयपुरमा सम्पन्न दिक्षान्त समारोहमा बलिवुडकी सुपरस्टार अभिनेत्री महिमा चौधारीको हातबाट साहलाई प्रमाणपत्र दिइएको हो ।

        कमेन्टहरु