विश्व

    जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

    एजेन्सी
    २०८० पुस १६ | मध्यान्ह ०४:०९ बजे

      काठमाडौँ, पुस १६ । अङ्ग्रेजी क्यालेन्डर अनुसार आज विश्वका विभिन्न मुलुक नयाँ वर्षको उत्सवमा छन् । तर, जापान भने नयाँ वर्षको पहिलो दिन नै दुःखद् घटनाको सामना गर्दैछ ।

      जापानमा सोमबार ७.६ म्याग्निच्युडको भूकम्प गएको छ । त्यस यता ४ म्याग्निच्युडभन्दा ठुला २१ परकम्प गइसकेको बताइएको छ ।

      भूकम्प लगत्तै मौसम विज्ञान विभागका अधिकारीहरुले सुनामीको चेतावनी जारी गरेका छन् ।

      समाचार एजेन्सीहरुका अनुसार इशिकावा प्रान्त सुनामीको खतरामा पर्ने आकलन गरिएको छ । यहाँ तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।

        कमेन्टहरु