समाज

    आजको राशिफल

    जगत ठाडा मगर
    २०८० पुस १६ | बिहान ०६:०९ बजे

      बुटवल, पुस १६ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : स्वादिष्ट भोजन मिल्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । साथीभाइसँग समय बित्नेछ ।

      वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) : आज स्वास्थ्यप्रति सजग रहन आवश्यक छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । मनमा दुबिधा पनि उत्पन्न रहला ।

      मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) : ठीक समयमा सही निर्णय लिन सकिनेछ । भ्रमणमा रुचि बढ्नेछ । सामाजिक कार्य अघि बढ्नेछ । कृषि कारोबारमा सफलता मिल्नेछ ।

      कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : आज महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आफन्तसँग भेटघाट पनि पाइनेछ ।

      सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : स्वादिष्ट खानपिन खान पाइएला । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्तिसँग भेटघाटको अवसर मिल्नेछ ।

      कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) : आज मालसामान हराउन सक्छ । सहकर्मीबाट विरोध आउला । गलत निर्णय लिन पुगिएला । चोटपटकको भय पनि छ, सचेत रहनुहोला ।

      तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) : महत्त्वपूर्ण कामको थालनी हुनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । समाजसेवामा मन लाग्ला । शिक्षामा सामान्य सफलता मिल्नेछ ।

      वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : राजनैतिक कार्यमा सफलता मिल्नेछ । सांगीतिक क्षेत्रमा रुचि र विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ, तर वैदेशिक क्षेत्रको काम भने अधुरै रहला ।

      धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) : आज व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्ने र नयाँ योजना बन्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

      मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) : प्रेममा मनमुटाव आउनेछ । आफ्नो विचार विपरित निर्णय हुनेछ । गरेका काममा ढिलासुस्ती हुनेछ । साझेदारीको काममा उल्झन आउनेछ ।

      कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) : नसोचेको ठाउँबाट धनागम हुनेछ । घर परिवार सँग समय व्यतीत हुनेछ । मनोरञ्जनमा पूर्वक दिन बित्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।

      मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) : आफ्नो क्षेत्रमा नयाँ योजना बनाउन सकिनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने र स्वादिष्ट भोजन मिल्नेछ ।

        कमेन्टहरु