स्वास्थ्य

    पर्वतको बिहादी गाउँपालिकामा नि:शुल्क आँखा शिविर सम्पन्न

    नवलपुर टुडे
    २०८० पुस १४ | मध्यान्ह ०६:०९ बजे

      अमृत भट्टराई

      बिहादी, पर्वत । पर्वतको बिहादी गाउँपालिकामा एक दिने नि:शुल्क आँखा शिविर शनिबार सम्पन्न भएको छ विहादी गाउँपालिकाको आयोजना र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा एक दिने निःशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

      उक्त शिविरमा ३७७ जनाले निःशुल्क प्राविधिक तथा उपचार सेवा लिएका थिए जसमध्ये महिला २०८ र पुरुष १६९ जना रहेका थिए २२० जना दृष्टि कमजोर भएका बिमारीलाईअ निःशुल्क चश्मा, औषधि दिएको थियो ।

      पालिका उपाध्यक्ष मिना शर्माको अध्यक्षतामा भएको कार्यक्रममा बिहादी गाउँपालिकाका ६ वटा वडाका वडा अध्यक्ष, सदस्य लगायत जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।

      कार्यक्रममा स्वागत मन्तब्य बिहादी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद भुसालले गर्नुभएको थियो भने कार्यक्रम वहाकीठाँटी स्वास्थ्य चौकीमा भएको थियो ।

        कमेन्टहरु