अपराध

    रुपन्देहीमा सात वर्षीया बालिकाको हत्या, एक जना पक्राउ

    नवलपुर टुडे
    २०८० पुस १४ | मध्यान्ह १२:०९ बजे

      रुपन्देही, पुस १४ । रुपन्देहीमा सात वर्षेया बालिकाको हत्या भएको छ ।

      जिल्लाको मर्चवारी गाउँपालिका–१ इस्लामपुरका सात वर्षीया नन्दनी कुर्मीको हत्या भएको हो । हिजोदेखि हराइरहेकी उनको आज शव फेला परेको हो ।

      जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मनोहर भट्टका अनुसार कुर्मीको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

      हत्यामा संलग्न रहेको आशङ्कमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक भट्टले बताए ।

        कमेन्टहरु