मौसम

    आजको मौसम : यी चार प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना

    नवलपुर टुडे
    २०८० पुस १४ | बिहान ०७:०९ बजे

      काठमाडौं, पुस १४ । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएपनि दिउँसोदेखि‍ पश्चिमी वायूको आंशिक प्रभाव पर्ने संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

      शनिबार बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ भने तराई भू-भागका केही स्थानमा हल्का देखि मध्यम हुस्स/कुहिरो लागेको छ ।

      दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत कोशी र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ ।

      कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

      राति देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागको मौसम आंशिक बदली देखी सामान्यतया सफा रहने छ ।

      रातिपनि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

        कमेन्टहरु