नवलपरासीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

जगत ठाडा मगर
२०८० पुस १३ | मध्यान्ह ०३:०९ बजे

नवलपरासी, पुस १३ । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका – ३ बेलासपुर-परासी सडक खण्डमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । भारतीय नम्बर प्लेट रहेको यूपी ५६ एडि ३८२३ नम्बरको स्कुटर दुर्घटना हुँदा पाल्हिनन्दन गाउँपालिका – ३ निवासी ७० वर्षीय बिर्जु तेली गुप्ताको घटनास्थलमै मृत्यु भएको हो ।
स्कुटरमा मल लिई खेतमा जाने क्रममा अचानक चक्कर लागेर स्कुटर आफैँ अनियन्त्रित भई बाटो छेउको कुलोमा खस्न जाँदा गुप्ताको मृत्यु भएको नवलपरासीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए ।
गुप्ता पहिलेदेखि नै प्रेसर र मुटु सम्बन्धी बिरामी रहेको भन्ने बुझिएको छ । अहिले घटनास्थलमा मुचुल्का लगायत प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी पोष्टमार्टमका लागि उनको शव पृथ्वि चन्द्र अस्पताल लगिएको सूचना अधिकारी बोहराले जानकारी दिए ।





