अपराध

    कञ्चनपुरमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

    जगत ठाडा मगर
    २०८० पुस १३ | बिहान ११:०९ बजे

      कैलाली, पुस १३ । कञ्चनपुरमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमदत्त नगरपालिकाका २७ वर्षीय एक पुरुष छन् ।

      किशोरीमाथि सामूहिक बलात्कार आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी प्रकाश डाँगीले जानकारी दिए । अर्को व्यक्तिको खोजी भइरहेको उनले बताए ।

      पुस १० गते साँझ किशोरीलाई फोन गरेर बोलाइ जङ्गलमा दुईजनाले बलात्कार गरेको भन्दै किशोरी पक्षले ११ गते प्रहरीमा जाहेरी दिएका थिए ।

        कमेन्टहरु