दुर्घटना

    चितवनमा इलेक्ट्रिक भ्यानको ठक्करबाट पैदलयात्रीको मृत्यु

    नवलपुर टुडे
    २०८० पुस १३ | बिहान ११:०९ बजे

      चितवन, पुस १३ । चितवनमा इलेक्ट्रिक भ्यानको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

      भरतपुर महानगरपालिका–१२ मिलनचोकमा भरतपुरबाट टांडीतर्फ गइरहेको बाप्र ०३–००१ ज ४५८ नम्बरको ईलेक्ट्रिक भ्यानले ठक्कर दिँदा पैदल यात्री कास्की पोखरा महानगरपालिका–१ सिमपानी घर भई हाल भरतपुर–११ घोल बजार बस्ने बर्ष ६१ को गणेश थापा मगरको मृत्यु भएको हो ।

      भ्यानको ठक्करबाट गम्भीर घाइते भएका उनको भरतपुरमा उपचारको क्रममा बिहीबार राति साढे ११ बजे मृत्यु भएको हो । भ्यान चालक फरार छन् । ठक्कर दिने भ्यानलाई नियन्त्रणमा लिएर चालकको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु